Heartfelt Condolences to Suk Maya Gurung’s Family

हार्दिक श्रद्धांजली तथा जानकारी भूटानी शरणार्थी शिविर टिमाई बाट पुनर्वास भई हाल अमेरिकाको ओहायो राज्यको 3460 West 125th street, Cleveland Ohio 44111). क्लिवल्यन्डमा बसोबास गर्दै आऊनु भएकी ममतामहि माता श्रीमति सुकमाया गुरुंगको गत मिति अगस्ट ८,२०१८ (August 8 2018) बेलिका ९:००(9:00)बजे ८० वर्षको उमेरमा श्वर्गरोहण हुनु भएको कुराले BCGC लगायत सम्पूर्ण भूटानी समाज ग्रेटर क्लिवल्यन्ड मर्माहित बनेको छ।हामी यस दुखद घड़िमा शोकाकुल परिवारजनमा ईश्वर बाट धैर्य गर्न सक्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकट गर्दै दिवंगत आत्माले स्वर्गको बास पाओस् भनि हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहान्छौं। यस दुखद् घडीमा हामी सम्पूर्ण आफन्ता, इष्ट-मित्र, कुल-कुटुम्ब, छरछिमेकि तथा शुभचिन्तकहरूमा सहानुभूति साथै आवश्यक सहयोग पूर्याउनु हुन सम्पूर्णलाई आह्वान गर्दछौं। स्व. सुकमाया गुरुंगको दाहसंस्कार भोली मिति अगस्ट ११ ,२०१८ शनिवारको दिन बिहान ९:०० बजेमा निम्न उल्लेखित स्थानम गरीने भएको हुदा , उक्त श्रद्धांजलि कार्यक्रममा सहभागी भइ दिनुहुन बिनम्र अनुरोध गर्दछौ । ठेगना।

Funeral Home & Crematory

1575W 117th street, Cleveland Ohio 44107

Date:August 11, 2018 (Saturday )

Time:9:00am