Heartfelt Condolences to Pyakurel Family

हार्दिक श्रद्धांजली तथा जानकारी 

भूटानी शरणार्थी शिविर बेल्डागी -२ ( sector A )बाट पुनर्वास भई हाल अमेरिकाको ओहायो राज्यको (5175 Edenhurst rd, Lyndhurst Ohio, 44114). क्लिवल्यन्डमा बसोबास गर्दै आऊनु भएकी ममतामहि माता श्रीमति खगमाया प्याकुरेलको हिजो मिति ०७/२९/२०१८ (07/29/2018) आइतवार बेलिका ठीक ९:३१ (9:31 pm) बजे ८२ (82) वर्षको उमेरमा श्वर्गरोहण हुनु भएको कुराले BCGC लगायत सम्पूर्ण भूटानी समाज ग्रेटर क्लिवल्यन्ड मर्माहित बनेको छ।हामी यस दुखद घड़िमा शोकाकुल परिवारजनमा ईश्वर बाट धैर्य गर्न सक्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकट गर्दै दिवंगत आत्माले स्वर्गको बास पाओस् भनि हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहान्छौं। यस दुखद् घडीमा हामी सम्पूर्ण आफन्ता, इष्ट-मित्र, कुल-कुटुम्ब, छरछिमेकि तथा शुभचिन्तकहरूमा सहानुभूति साथै आवश्यक सहयोग पूर्याउनु हुन सम्पूर्णलाई आह्वान गर्दछौं। स्व. श्रीमती प्याकुरेल हजुरआमाको दाहासंस्कार भोलि मिति: जुलाई ३१, २०१८ (July, 31st, 2018) मंगलवारको दिन बेलुकी समय ठीक ५:०० (5:00 PM) बजेमा निम्न उल्लेखित स्थानमा गरिने भएको हुँदा, उक्त श्रदान्जली कार्याक्रममा सहभागी भईदिनुहुन सनम्र अनुरोध गर्दछौ। साथै हजुरहरूको छिमेकी एवं आफन्तजनहरूमा समेत सूचना गरिदिनुहुन अनुरोध गर्दछौ।
ठेगना:

Malloy – Esposito Funeral Home & Crematory. 1575 W 117th Street, Cleveland Ohio 44107.
Date: July, 31st, 2018
Time: 5:00 PM